राजावादीका अवशेष भुक्न थालेका छन : अधिकारी विवेक

काठमान्डौ – वर्तमान समयमा राजावादीका जराहरु भुक्न थालेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश समन्वय ईन्चार्ज श्री कृष्ण अधिकारी ( विवेक ) ले जनाएका छन।

काठमाडौ महानगरपालिका वडा न २६ ले प्रज्ञा स्कुलमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जवस मोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै विवेकले जन्ताको संविधान र संघीयतालाई असफल बनाउन राजावादीका अबशेसहरु सल्बलाउन थालेको बताए ।

तर जन्ताले त्यस्ता प्रतिगामी तत्वलाई जनयुद्धले परास्त गरिसकेको र बचेका जरालाई पनि ध्वस्त बनाउन आबश्यक रहेको उनले बताए ।

जन्तासंग माओवादी विशेष रुपान्तरण अभियान घर घरमा माओवादी जन जनमा माओवादी अभियान देखावटी नभै पार्टी र् जन्ता रुपान्तरण भएको र आवश्यक परे सडकमा परिचालन गरिने समेत उनले बताए

यस्तै कार्यक्रममा काठमान्डौ वडान २६ जनवर्गीय नेवा मुक्ती तिनवटा कमिटि मोर्चा पनि गठन गरिएको छ। कमिटीमा रहेका ईन्चार्ज र संयोजकलाई जन्ताको अधिकार सम्पन्न गर्न र संगठन निर्माणमा जुट्नु भन्दै अधिकारी वेवेकले अबिर लगाई स्वागत गरेका हुन।

कार्यक्रममा वडा अध्यक्ष सुमन श्रेष्ठ लगायत वाईसीएल युवा नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।अब देशभरमा युवा कमिटी परिचालन गरि उत्पादन जन्ताको जिवनशैलि परिवर्तन कृषी गरि जनसेवामा जुट्न समेत उनले बताए ।