रेखा थापा गर्भवती भएको खुलासा

असोज ९

काठमाडौं -अभिनेत्री रेखा थापा गर्भवती भएकि छिन। गत वर्ष जाजरकोटका प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । आगामी फागुन चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् भने वैशाखमै उनको फ्लिम उपहार रिलिज हुँदै छ।

गर्भवती भए पनि रेखा अहिले होम प्रोडक्सन फिल्म ‘उपहार’को छायांकन धमाधम गरिरहेकी छन् । निर्देशक ज्ञानेन्द्र देउजाले गर्भवती रेखाको एक्सन दृश्यको छायांकन गरिरहेका छन् ।

उनले अहिले रातदिन नभनी फिल्म छायांकनमा समय दिइरहेकी छन् ।  शिशुको जन्म र फिल्मको रिलिज सँगै हुने भएपछि रेखा खुसी छिन् । यसलाई उनले उपहारको रुपमा लिएकी छन् । यत्तिको वर्षसम्म सबैले सोध्नुभयो, फाइनल्ली यो कुरा बताउन पाउँदा खुसी छु उनले भनिन् ।

lekbesi

रेखाले सोमबार फेसबुकमा श्रीमानसँगको एक तस्वीर सेयर गर्दै ‘भविष्य पनि गज्जबको उपहार हो, जो आउँदा नआउँदै हामीलाई किस्ता किस्तामा पठाइदिन्छ,’ लेखेकी छन् ।