चौतर्फी विरोधपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
काठमान्डौ – सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।
आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिईन ।
उनले निगमले साविककै मूल्य कायम गर्दै आजै सूचना निकाल्ने समेत जानकारी गरिन।
निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ । निगमले पेट्रोल लिटरमा दुई रुपैयाँ र डिजल तथा मट्टीतेल लिटरमा छ रुपैयाँले बढाएको थियाे ।
त्यस्तै खाना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढाएकाे थियाे । निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँले बढाएको थियाे । असोज १४