काठमाडौंमा एक पूर्वन्यायाधीशको घरबाट १० बर्षका बालश्रमिकको उद्धार

असोज १५

काठमाडौ – काठमाडौंमा एक पूर्वन्यायाधीशको घरबाट १० बर्षका बालश्रमिकको उद्धार गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद, काठमाडौ महानगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र र बाल हेल्पलाइनको सयुंक्त टोलीले काठमाडौ महानगरपालिका,२९ रुद्रमती चोकस्थित पूर्वन्यायाधीश अलि अकबर मिकरानीको घरबाट आइतबार साँझ उन को उद्दार गरिएको हो।

वडाध्यक्ष कुश ढकालसहितको टोलीले घरेलु श्रमिक बालिकालाई उद्दार गरेको टोलीका सदस्य मेयर बालेन शाहका सचिवालयका सदस्य धिरज जोशीले जानकारी दिए ।

अनुगमन टोलीका सदस्य प्रविण सिलवालले बालिकालाई विद्यालय नपठाई श्रममा लगाएको पाइएको बताए ।

घरको तल्लो तला विद्यालयलाई भाडामा दिए पनि बालिकालाई भने विद्यालय नपठाउने गरेको पाइएको छ। हाम्रो टोली पुग्दा बालिका भ¥याङ पुछ्दै थिइन् उनले भने ।

बालिकालाई उपचारका लागि कान्ति बाल अस्पतालमा लगिए पनि अभिभावकले नमानेपछि भर्ना गर्न नमानेको रिपोर्ट दिएको सिलवालले बताए ।थप अनुसंधान भैइरहेको पनि उनले बताए ।