रिगलले नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरलाई यसरि हत्या गरेका थिए,

असोज १७

काठमान्डौ – नेपाली काङ्ग्रेस निकट गुन्डा नाइके रिगल योगराज ढकालले २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

भारतबाट सञ्चालन हुने अवैध बसहरुबाट हप्ता असूली गर्ने विषयमा विवाद हुँदा रिगलको योजनामा मानन्धर मारिएका हुन । प्रहरी अनुसन्धानमा खुले अनुसार रिगलले नेपालगञ्जको सुर्खेत रोडमा एक होटलमा मानन्धरलाई कुरेर बसेका थिए ।

 

हत्या गर्ने रिगल

होटल नजिकै मानन्धर एक्लै आएको अवस्थामा खुँडा प्रहार गरेर उनको हत्या गरेको प्रहरी निष्कर्ष थियो ।
घटनापछि लामो समयसम्म उनी फरार थिए । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान थालेको थियो ।

 

गुण्डागर्दीविरुद्ध प्रहरीले आक्रामक अभियान चलाइरहेका बेला ब्यूरोको समेत छानबिनको दायरामा परेपछि रिगलले ७ भदौ २०७२ मा अदालतमा आत्मसमर्पण गरेका थिए ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर असोज ३ संविधान दिवसको दिन पारेर उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ वर्ष जेल सजाय छुटको निर्णय गरेका हुन् ।

बुधबार ढकाललाई छाड्ने निर्णयको पत्र आउँदा तरुण दलका कार्यकर्ताहरुको कारागार बाहिर भिड लागेको थियो । कार्यकर्ताहरुले उनलाई खादा र अविर लगाईदिएका थिए। उनलाई कारागारबाट निस्किदै गर्दा तरुण दलका कार्यकर्ताहरुको स्कर्टिंङ गरेर लगेका थिए ।

जसकोविरुद्द श्रीमानको न्याय माग्दै भारती मानन्धर हत्यारालाई आम आफि दिएको भन्दै भारतीले सर्वोच्चमा मुद्दा दर्ता गरेकी छिन भने आज देखि अन्शन सुरु गरेकी छिन।