गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅको साधारण सभामा गृहमन्त्रीले सुभकामना आदान प्रदान गर्ने
असोज २२
काठमान्डौ – गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅको साधारण सभा तथा रक्तदान कार्यक्रम संगै दशैँको शुभकामना आदान प्रदान कार्यक्रम गरिने भएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा यहीँ असोज २७ गते शनिबार दिउँसो १२ बजे बनस्थलीको खरिबोट मदर्स पार्टी प्यालेसमा दशैँ तथा दीपावलीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुने भएको छ।
यस्तै कार्यक्रममा गोरखा-ताकुकोटका सामाजिक व्याक्तित्व हरूलाई सम्मान र एसीईमा बारपाक सुलिकोटबाट उत्कृष्ट बिधार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको वाईसीएल नेपालका केन्द्रीय सदस्य तथा युवा नेता धिरज उपरकोटिले बताए ।
यस्तै कार्यक्रममा रक्तदान , निशुल्क स्वास्थ्य उपचार राष्ट्रिय कलाकार सागर गुरुङ सहित अन्य राष्ट्रिय कलाकार हरूबाट सांस्कृतिक बेजोड प्रस्तुती रहने छ।
गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅमा रहने सबै गोरखाली बासीलाई अनिवार्य उपस्तिथि हुन पनि जनाएको छ।