युवा संघका युवाहरुले कालो मोसो दलेर प्रशाइलाई तह लगाए: महेश बस्नेत
असोज २२
काठमान्डौ – नेकपा एमालेका नेता महेश बस्नेतले मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई आज युवा संघका युवाहरुले कालो मोसो दलेर तह लगाएको बताएका छन।
उनले आफ्नो सामाजिक संजालमा लेख्दै बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन ।
यस्तै युवा संघको ताकत ननाप्न पनि बस्नेतले दुर्गा प्रशाईलाई चुनौती दिएका छन। दुर्गा प्रशाईलाई सरकारले कारबाही गर्नुपर्ने पनि बस्नेतले बताएका छन।
प्रशाईले अरुलाई दोष लगाउने र आफू नसुधि्रए अझै युवा संघले कारबाही गर्ने समेत चेतावनी दिएका छन।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राजधानीको एक होटलमा आज दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए ।
कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई युवासंघ का युवाहरुले कालोमोसो दलेका थिए ।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।
प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।