suekhet
bheriad

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई युरोप भ्रमणमा

lekabesi

६ साउन, सुर्खेत
। पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई युरोप भ्रमणमा जाने भएका छन् । ज्ञानको दायरा फराकिलो पार्ने भन्दै भट्टराई त्यसतर्फ जान लागेका हुन् ।
भट्टराईको सचिवालयले उनी रुस हुँदै युरोपका विभिन्न देशहरु स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली लगायतमा पुग्ने जानकारी दिएको छ । भट्टराईले भ्रमणका क्रममा सम्भव भएसम्म प्रवुद्ध व्यक्ति, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट, अन्तरक्रिया तथा छलफल गर्नेछन् ।