जन्तासंग माओवादी विशेष रुपान्तरण वडा न २६ मा दशै सुभकामना आदान प्रदान

काठमान्डौ – जन्तासंग माओवादी विशेषज्ञ रूपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र , काठमाडौ महानगरपालिका वडा न ,२६ ले हिजो दशै सुभकामना आदान प्रदान गरेको छ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एबम बागमती प्रदेश इन्चार्ज पुर्व गृहमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्य तथा पार्टी केन्द्रीय सदस्य समन्वय प्रदेश अध्यक्ष तथा रूपान्तरण सहितको अभियान इन्चार्ज श्रीकृष्ण अधिकारी (बिबेक) केन्द्रिय सदस्य रबिन्द्र श्रेष्ठको उपस्थितमा सुभकामना आदान प्रदान गरिएको हो।
सामाखुसीको रानीदेवि पार्टी प्यालेसमा भएको कार्यक्रममा २६ न वडा भित्र बिभिन्न सामाजिक टोल सुधार समिती अध्यक्ष हरू आमा समूह शिक्षीत कलाकार डाक्टर खेलाडीलाई र क्रियासिल सामाजिक क्षेत्र मा योगदान गर्ने २० जना भन्दा बढी व्याक्तित्वहरुलाई जनार्दन शर्माले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै जनार्दन शर्माले २६ न वडा लाई नयाँ रूपान्तरण सहित बिकासको नयाँ खाका योजना र नयाँ ढङ्गबाट जाने बताए ।
अहिलेको सरकारले भ्रष्टाचार मुक्त देश गराउन लागीपरेको र यसमा सबै जन्ताले साथ दिनुपर्ने शर्माले बताए । असोज २७
