हमासको हमलाबाट मारिएका ४ जना नेपालीको शव भोलि बिहान काठमाण्डौं आइपुग्ने

काठमान्डौ – हमासको आतंककारी हमलाबाट मारिएको १० मध्ये ४ जना नेपाली विद्यार्थीको शव इजरायलबाट भोलि आइतबार बिहान काठमाण्डौं आइपुग्ने छ।

भोलि मृतक नारायणप्रसाद न्यौपाने,लोकेन्द्रसिंह धामी,दिपेशराज बिस्ट,आशिष चौधरीको शव आईपुग्ने छ ।

तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शव आज दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्मपुग्ने व्यवस्था मिलाइएको छ ।

अरू ६ जनाको शव पहिचान कार्य हुदैछ र अन्य प्रकृया चलिरहेको छ। यस्तै अपहरितको पनि खोजि चलिरहेको छ।कार्तिक ४