भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति
काठमाडौं – धादिङमा आज बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । कुनै मानवीय क्षति भने भएको छैन , घर गोठ चाँहि भत्किएको, चर्किएको छ’ उनले भने ।
यस्तै धेरै जस्तो पुराना घरहरु चर्कीएको पनि उनले बताए ।भूकम्पको धक्का काठमाडौं गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो । कार्तिक ५