दैलेखमा घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु

कार्तिक ६

दैलेख – कर्णाली प्रदेश दैलेखमा घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु भएको छ ।

नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको घाँटीमा मासु अड्केर आइतबार मृत्यु भएको हो ।
आफ्नै घरमा दशैको मासु खाईरहेको बेला घाँटीमा मासु अड्केर उनको मृत्यु भएको पाईएको छ।