गोरखामा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु

कार्तिक ७

गोरखा – गोरखामा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ६ बजे रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो ।

अस्पताल पुर्याएलगतै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।