कम्बोडियाको दूरसञ्चारमा मेरो लगानी भएको पत्ता लगाउनु एक हजार थपदिम्ला : ओली

पोखरा – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्ने नियतका साथ कम्बोडियाको दूरसञ्चारमा तीन हजार करोड रुपैयाँ लगानी गरेको हल्ला फैलाइएको बताएका छन् ।

सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ ग्रहण कार्यक्रममा उनले भने, ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने पत्ता लगाउनुस् । धेरै त भन्दिनँ, एक हजार रुपैयाँ थपेर तपाईंकै नाममा गर्दिन्छु ।

कालापानीको भूभाग नेपालको नक्सामा सामेल गरेपछि तीन वर्षअघि एक भारतीय टेलिभिजनले उक्त अफवाह फैलाएको र पछि माफी मागेर उक्त सामग्री हटाएको उनले स्पष्ट पारे ।

गल्ती सच्याएपछि मात्रै आफूले उक्त टेलिभिजनलाई अन्तरर्वार्ता दिएको प्रसंग पनि उनले सुनाए ।

‘गलत भयो भनेर सच्चाइसकेको कुरा अहिले नेपालमा हल्ला फैलाएको छ । कहिले ओलीको २७ रोपनी जग्गा सिमरामा, ३७ रोपनी जग्गा गठ्ठाघरमा लिएको छ भनेको छ ओलीले भने ।

स्विस बैंकमा पैसा जम्मा गरेको, अनेक ठाउँमा चार–पाँचवटा विशाल घर बनाएको भनेर हल्ला चलेको छ यो सबै नेकपा एमालेलेलाई कसरी बद्नाम गर्ने भनेर नेतृत्वलाई बद्नाम गर्न खोजिएको हो उनले भने । कार्तिक १३