इन्जिनियरकि पत्नीलाई झारफुकको नाममा झाक्रीले गरे बलात्कार

कार्तिक १४

काठमाडौँ – धनुषामा महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक झाँक्रीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैला नगरपालिका,११ का ३२ वर्षीय विष्णुदेव ठाकुर रहेका छन् ।

बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए ।

ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए । डीएसपी अवालेका अनुसार गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए ।

भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए ।

मसानघाटमा श्रीमान् बस्न नमिल्ने भन्दै उनले महिलामाथि जबर्जस्ती करणी गरेका थिए ।

उनका श्रीमान इन्जिनियर छन् । समय धेरै लागेपछि खोज्न गएका श्रीमानले श्रीमतीलाई बेहोस अवस्थामा फेला पारे र अस्पताल लगेका थिए ।