Simta
Simta
lekbesi

कथा काठमान्डौमा प्रियंकाको अहिले सम्मकै अन्तरंग दृश्य ,,

Gurvakot

साउन ७ ,काठमाण्डौ – चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरेको छ । रातको कुरा नसामा परि बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ ।

भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन् । दुइको अन्तरंग दृश्यलाई यसकी कोरियोग्राफर संगीता श्रेष्ठले कलात्मक ढंगले कोरियोग्राफी गरेकी छिन् । संगीताले नै यो चलचित्रको लेखन तथा निर्देशन गरेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ । चलचित्रमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ । प्रियंका कार्कीको यो हट अवतारले धेरैलाई अचम्मित समेत बनाएको छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुने बताइएको छ । गीतले युटुबमा निकै चर्चा पायको देखिन्छ ।जसमा गायिका ईन्दिरा जोशी पनि निकै हट ड्रेसमा देखियकी छिन।

lekbesi
Simta