surkhet

तारा बरालसंग बिहे गर्ने कुनै सहमती भएको छैन : पूर्वएआईजी चन्द

मंसिर १४

surkhet

काठमान्डौ – नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको बताएका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको भन्दै आफू र तारा बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्ध  मात्रै रहेको बताए ।

तारा बरालसँग विगतमा पनि विवाह गर्ने समझदारी गरेको छैन अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनले बताए ।

Dailekh
Gorkha

बरालले आफूसँग विभिन्न रेकर्ड छ भनेर भ्रम फैलाउने काम गरेको आरोप उनको छ । भ्रम फैलाएर हनी–ट्रयापमा पार्न खोजेको पनि हुनसक्ने उनले आशंका व्यक्त गरे ।

‘तारा बरालले भुँइमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको’ टिप्पणी गर्दै उनले दुराशय राखेर गरिएको कुनै कामबारे भ्रममा नपर्न आग्रह गरे ।

चन्दकी श्रीमतीको २०६२ सालमा निधन भएको थियो । त्यसपछिको १८ वर्ष आफूले दुईटा बच्चाको आमा–बाबुकै भूमिका निर्वाह गरेर बसिरहेको उनले बताए ।

उनले अहिले देशभर हनी- ट्रयापिङबाट धेरै मानिस पीडित भएको बताए । पीडित हुनेको संख्या हेर्दा हनी–ट्रयापरविरुद्धको संगठन नै बनाउन पर्लाजस्तो भएको उनले टिप्पणीसमेत उनले गरे । चन्द र बराले विवाह गर्ने भन्दै लिखित सहमती गरेको भन्दै सामाजिक संजालभरी व्यापक भएको थियो।

salyan