फेसबुक बन्द गर्न माग गर्दै युवराज सफलले दिए उजुरी
मंसिर १४

काठमान्डौ – युवराज सफलले फेसबुक बन्द गर्न माग गर्दै उजुरी दिएका छन ।

उनले आज सामाजिक संजाल फेसबुक , युटुब , इन्स्ट्राग्राम ट्विटर लगायत नेपालमा बन्द गर्नुपर्ने भन्दै संचार तथा प्रविधि मन्त्रालयमा निवेदन दिएका हुन।
नेपालमा सामाजिक संजाल नियमन नहुदा विभिन्न फेकआईडीबाट हत्या हिंसा र विकृति फैलिएको भन्दै नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले उजुरी दर्ता गराएका हुन।
