रुकुम चौरजहारी

रुकुम सोति जातिय हत्या प्रकरण आज फैसला हुँदै

रुकुम आठ विसकोट

काठमाडौं – आज भन्दा तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्ने सर्वोच्च अदालत श्रोतले जनाएको छ।

त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ ।

२०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज बिकले सुस्मा मल्ल थरकी युवतीलाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा फेला परेका थिए ।

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो । मंसिर १७