surkhet

एनसेलको शेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई लेखा समितीको निर्देश

surkhet

काठमान्डौ- संघीय संसद्को सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ ।

हिजो बसेको लेखा समितिको बैठकले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिएका हुन।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति नलिइ शेयर खरिदबिक्री प्रक्रिया अघि बढाएको देखिएकाले रोक्नुपर्ने देखिएको निर्णयमा उल्लेख छ ।

Dailekh

यस्तै, लेखा समितिले एनसेल खरिदबिक्रीका विषयमा ४८ घण्टाभित्र सत्यतथ्य जानकारी गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

Gorkha

हिजो २० गते बसेको संघीय संसद्को अर्थ समितिले पनि एनसेलको शेयर खरिदबिक्री प्रक्रियाका विषयमा यथार्थ जानकारी सहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटा लिमिटेडले शेयर खरिदबिक्री सम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी उपलब्ध गराउने भनी पठाएको पत्र प्राप्त भएको जानकारी दिए।

कारोबार शंकास्पद देखिएकाले प्राधिकरणले सूक्ष्म रूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालले बताए ।
यस्तै अध्यक्ष खनालले एनसेल आजियाटालाई कानुनी कठघरामा उभ्याउन कानुनी अप्ठ्यारो रहेको बताए ।

अर्थ समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कानुन बनाउन खोज्दा पनि संसदबाट ड्राफ्ट फर्काइएको बताए । मलेसियन कम्पनी आजियाटा ग्रुपले गत मङ्सिर १५ गते एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । मंसिर २१

 

 

salyan