Gold

गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भेट घाट भने बन्द

Naumule Migrate

काठमान्डौ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ।

असोजको अन्तिम साता उनि मित्रराष्ट्र गणतन्त्र चिनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो।

उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो।

मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनलाई अस्पताल भर्ना गरिएको थियो। डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरीसकेको छ।

हाल उनको सघन उपचार कक्षमा स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार उहाँलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानै अस्पताल पुगि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनिहरूबीच सामान्य कुराकानी समेत भएको छ। चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ। मंसिर २१

Naumule Badhipahiro