देशमा सकारात्मक परिवर्तन ल्याउन नसक्नेले पद ओगटिरहन जरुरी छैन
काठमान्डौ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यसम्पादन कमजाेर भएकाे अवस्थामा कसैलाई माफ गर्न नसकिने बताएका छन।
आफ्नाे नेतृत्वमा सरकार गठन भएकाे एक वर्ष पुगेकाे अवसारमा हिजो मङ्गलवार सिंहदरबारमा रहेकाे प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन।
उनले भने हामीलाई असफल हुने छुट छैन । कर्यसम्पादन कमजाेर भएकाे अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनिस्थितिमा छैन । कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिहरनु हुँदैन, छाडिदिनुपर्छ ।
प्रधानमन्त्रीले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरुरी नभएकाे बताए । पुष ११