बालकुमारी घटनाका मृतकलाई सरकारले शहिद घोषणा गर्ने
काठमान्डौ – बालकुमारी घटनाका मृतकलाई सरकारले सहिद घोषणा गर्ने भएको छ। सरकार र पीडित पक्ष हिजो बसेको चार बुदे सहमतीमा यस्तो निर्णय भएको हो।
यस्तै सरकारले मृतकका परिवार मध्य एक जनालाई रोजगारी उपलब्ध गराउने भएको छ भने पिडितलाई १० लाख दिने निर्णय गरेको छ।
गत १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको ज्यान गएको थियो। पुस १७