सुनवलमा बस र टिप्पर ठोक्किदा १७ जना घाइते
माघ १९
सुनवल – पश्चिम नवलपरासीको सुनवलमा हिजोराति बस र टिप्पर एकआपसमा ठोक्किदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था गम्भिर रहेको छ ।
काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर गएराती १० बजेतिर सुनवल–,४ अल्कत्रे डाँडा नजिकै ठोक्किएको हो ।
दुर्घटनाका घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही र चार जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए।
सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक घाइते भएका छन् ।