रवि लामिछानेका पार्ट्नर जिबि राई बिदेशमा पक्राउ नेपाल ल्याउदै

काठमान्डौ – रास्वपाका सभापति रवि लामिछानेका विश्वास पात्र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहकारी ठगी बिजनेस पार्टनर जीबी राई पक्राउ परेका छन् ।

ईन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याउन लागीएको प्रहरी श्रोतले जनाएको छ। उनिमाथि बचतकर्ताको १६ अर्ब ठगी गरेको आरोप छ।

स्वदेशमा ठगी गरि बिदेशमा मोज गर्दै लुकिछिपी बसेका राईलाई पक्राउ गर्न इन्टरपोलको नेपाल शाखा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमान्डौले प्रहरी अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलमा पत्राचार गरेको थियो ।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनिमाथि निगरानी गरेको थियोे ।

प्रहरीले स्वदेशभित्र अपराध वा आपराधिक गतिविधि गरेर विदेशी भूमिमा लुकिरहेकाहरुलाई पक्रेर ल्याई थप कानूनी कार्वाहीको प्रक्रिया अगाडी बढाउन ईन्टरपोलको सहयोग लिईरहेको देखिन्छ ।

प्रहरीले अहिले ५१ नेपाली र ४ विदेशी सहित ५५ जना माथी रेड नोटिस जारी गरेको छ । जसमा ९ जना ठगी अपराधका छन् भने ७ जना मानव तस्करी अपराधका छन् ।

त्यस्तै बलत्कार सम्बन्धी घटनामा ७ जना छन् । प्रहरीले विदेशमा लुकिरहेका अभियुक्तहरुलाई पक्राउ गर्न रेड नोटिस जारी गर्न थालेको सन् १९९२ बाट हो । पछिल्लो २३ बर्षमा प्रहरीले ईन्टरपोलमार्फत सबैभन्दा धेरै रेड नोटिस सन् २०१८ मा गराएको थियो । उक्त वर्षमा २५ जना विरुद्ध रेड नोटिस जारी गरेको देखिन्छ ।

प्रहरीले हालसम्म ३० नेपाली र ५ विदेशी सहित डिफ्युजन नोटिस जारी गरेको छ । जसमा सबैभन्दा धेरै मानव तस्करी अपराधमा मुछिएका ६ जना र बैंकिङ ठगीका चार जना रहेका छन् ।

त्यस्तै बलत्कार मुद्दाका ३, व्यक्ति हत्याका ३, सहकारी ठगीका तीन जना विरुद्ध पनि डिफ्युजन नोटिस जारी छ । सन् २००९ यताका १४ वर्षमा प्रहरीले सबैभन्दा धेरै डिफ्युजन नोटिस २०१८ मा जारी गरेको देखिन्छ । उक्त वर्ष २४ जना विरुद्ध डिफ्युजन नोटिस जारी गरिएको थियो ।

प्रहरी प्रधान कार्यलयका प्रवक्ता डिआईजी भिमप्रसाद ढकालले अपराधको कुनै देश र सीमाना नहुने भएपछि प्रहरीले ईन्टरपोलको सहयोग लिने अवधारणा सुरु भएको बताए ।

उनले ईन्टरपोलको सहयोगमा कैयन देशबाट अभियुक्तहरु पक्रेर नेपाल ल्याउन र नेपालमा लुकी बसेकी विदेशी अभियुक्तहरुलाई पक्रेर तत् देशमा बुझाउने काम भईरहेको बताए । माघ २९