रुकुम चौरजहारी

नेपाली नक्कली नोट एक करोड ८२ लाखसहित भारतिय नागरिक पक्राउ

माघ २९

रुकुम आठ विसकोट

सुनसरि – नेपाली नक्कली नोट एक करोड बयासी लाख एकाउन्न हजार बरामद भएको छ।

सुनसरी, ईनरुवा नगरपालिकाबाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

भारतको बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

हिजो २८ गते BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट १८ हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार १,८२,५१,०००) बरामद गरी थप अनुसन्धान भइरहेको जिप्रका सुनसरीले जनाएको छ ।