बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ
काठमाडौँ – बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् ।
आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले गजमेरविरुद्ध जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीको भनाई छ। गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो ।
जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीसँग नजिकिएका थिए ।
ती युवतीसँग नजिकिएका गजमेरले आफूलाई गत माघ १८ गते करणी गरेको भन्दै जाहेरी परेको प्रहरकिो भनाइ छ । फागुन २