रुकुम चौरजहारी

कार्यक्रममा गायिका एलिना चौहान र टेक्निसियनको भना भन भयो

फागुन २२

रुकुम आठ विसकोट

काठमान्डौ – गायिका एलिना चौहानको भिडियो क्लिप अहिले सारै भाईरल बनेको छ।

उनि पर्वतको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा पुगेको बेला साउन्ड टेक्निसियिनले आफूमाथि गलत गरेको बताएकी छन्।

टेक्निसियनले बहिनी तिम्रो आवाज पहिले क्लियर गरेर आउ भने भन्दा एलिनाले के रे पहिले यहाँ आएर सुनुस अनि बोल्नुस ल । लाज लाग्दैन तपाईलाइ यस्तो बोल्न्न उनले भनिन

टेक्निसियनले फेरि भने त्यही त पहिले तपाईको आवाज क्लियर गरेर आउनुस न अनि एलिनाले हात देखाउदै हेर्नुस त यस्तो पनि हुन्छ।

पानी पर्‍यो भनेर भिज्छ भन्दै सुरु देखिनै मनिटर राखेको पनि थिएन । मनिटर नराखेपछि हामीले स्टेजमा केही सुन्दैनौ ।

त्यो अवस्थामा पनि मैले कम्परमाइज गरेर गाइरहेको थिए उनले भनिन् ‘मैले गीत गाएपनि अडियन्सबाट साउन्ड भएन भनेर धेरै आवाज आयो ।

मैले आज मलाई साउन्डले कट्टा हानेको छ के गर्नु । बिना साउन्ड पनि म गाउँछु भने । त्यस्तै म धोके बाज गायिका भएको भएर होला आज साउन्डले पनि धोका दियो भनेर आफूले भनेर मिलाउन खोजेको समेत उनले सुनाइन् ।

गीत गाउँदा गाउँदै अडियन्स तिरको बत्ती निभाउने, आफ्नो माइकको साउन्ड काट्ने लगायत क्रियाकलाप समेत गरेको एलिनाको आरोप छ ।