भेलु बाजे चिन्ने सुर्खेत एक्स्पोले लोकप्रिय गायिका सुनिता बुढालाई चिनेन

चैत ३

काठमान्डौ – लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीले आफ्नै जन्मभुमिले आफूलाई कार्यक्रममा नबोलाएको गुनासो गरेकी छिन।

तेस्रो कर्णाली एक्स्पोले सुर्खेतमा गरेको कार्यक्रममा उनले आफू लाई पहिले बोलाउने फिक्स गरेपनि पछि आएर वेवास्ता गरेको बताईन।

आयोजना गरेको आयोजकले भेलु बाजे नामक व्याक्तीलाई समेत बोलाएर आजको प्रमुख आकर्षक भनेर बोलायो ।

तर आयोजकले को कलाकार भन्ने समेत चिन्न नसकेको प्रतिक्रिया आउने गरेको छ।

सामाजिक संजालमा नराम्रो बोल्ने र दिमागी हालत ठिक नभएको व्याक्तीलाई कसरी कलाकार बनायो भन्दै चौतर्फी विरोध समेत भएको छ।

गायिका सुनिता बुढाले अहिले दैनिक एक दर्जन गीतमा आवाज भर्ने गरेकी छिन भने देश बिदेशका कार्यक्रममा व्यस्त छिन।

उनका गीत करोड कलबमा बजिरहेका छन। तर उनै गायिका बुढालाई आयोजकले पहिले कार्यक्रममा बोलाउने फिक्स गरेर पछि कल गर्दा समेत नउठाउने गरेको गायिका बुढाले रंग  दर्पणलाई बताईन।

यस्तो छ  सुनिताको भनाई

आफ्नै घर को आंगन ले पराई ठान्यो मलाई!!
नजिक को तिर्थ हेला हुन्छ भन्थे तर तिर्थस्थल ले नै नजिक को भक्त लाई हेला गर्दो रहेछ।किन कि मेलामहोत्सव हामी कलाकारहरू को लागि तिर्थ जस्तै हो।
म जन्मेको,हुर्केको,कलाकारिता मा बामे सरेको त्यही सुर्खेत हो कर्णाली को राजधानी ,मैले कलाकारिता मा संघर्ष गरेको माटो त्यही हो,मलाई जहाँसम्म लाग्छ त्यो घन्टाघर ले चिन्छ मलाई,बुलबुले,देउतिबज्यै,कांक्रेबिहार ,गोठिकांडा लगायत सबै प्राकृतिक र धार्मिक स्थलहरु ले चिन्छ किन कि म त्यसै माटोको एउटा हिस्सा हुँ,मलाई माया गर्ने आफ्नै सुर्खेती मेरा भगवानरुपि दर्शक श्रोता ले चिन्नुहुन्छ तर तेश्रो कर्णाली एक्सपो २०८० महोत्सव सुर्खेत ले चिनेन,ठिकै छ मलाई केही गुनासो छैन तर बेवास्ता सबै भन्दा ठूलो पीडा हुंदोरहेछ ,मलाई झारा टार्ने हिसाब ले पहिला सम्पर्क गरियो तर डेट फिक्स गरिएन,मैले सम्पर्क गरि डेट को विषय मा बुझ्न खोज्दा कुनै वास्ता गरिएन तर पछि एक दिन अगाडि तंपाइको पालो भोलि है भनेर सम्पर्क गरिन्छ ,त्यति खेर मेरो बाहिर कार्यक्रम थियो,फ्लाना फ्लाना त्यो महोत्सव मा अट्दा म अटिन, पुरै देश ले मलाई माया गरेर समेट्दा आफ्नै सुर्खेत ले समेटेन,बिदेश मा पनि सबै नेपाली हरु ले कति धेरै माया गर्नुभाछ,सम्पुर्ण प्रती हार्दिक आभार छु।
म मौलिक धार को गित गाउने गायिका भएर होला सायद मलाई बेवास्ता गरिएको ,किन कि म उरन्ठ्याउला गित गाउंदिन,चुरिफुरी गर्दिन,भाइरल गायिका पनि होइन ,खैर सबै आयोजक अनि जिम्मेवारी आदरणीय ज्यु हरु लाई फेरि पनि धन्यवाद छ।
मैले गुनासो भन्दा पनि आफ्नै जन्मेको घर मा जन्म दिने बाउले बिशेष चाडपर्व को बेला मा नबोलाएको जस्तै लाग्यो र मन को सानो तित्तता पोखेको मात्रै हुँ,सबै सुर्खेतिहरु प्रती नमन छ ।
जय गंगामाला देउती बज्यै ।