रुकुम चौरजहारी

यूएईमा हाल सम्मकै ठूलो वर्षा एक नेपालीको ज्यान गयो

बैशाख ६

रुकुम आठ विसकोट

काठमान्डौ – युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृ**त्यु भएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृ**त्यु भएको हो ।

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ ।

उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।

यूएईमा दुई दिनदेखी परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ । यूएईमा यो हाल सम्मकै ठूलो बर्षा रहेको खुलेको छ।