त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो सुन फेला

काठमान्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन फेला परेको छ।

बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नम्बर ५ मा रोकिएको फ्लाइट ६ई११५१ को इन्डिगो एयरको सिट नम्बर २७ र  २८ को तलपट्टि बेवारिसे अवस्थामा सुन फेला परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माका अनुसार उक्त औन फेला परेको हो।

lekbesi

बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ। जम्मा भएको सुनको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ। बैशाख ६