राष्ट्रपति पौडेलबाट टीआरसी विधेयक प्रमाणीकरण
काठमान्डौ- राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन ।
राष्ट्रपति पौडेलले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक आज प्रमाणीकरण गरेका हुन।
विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । यो विधेयकलाई नेपालको शान्ति प्रक्रियालाई टुङ्गाेमा पुर्याउने अन्तिम खुड्किलोका रूपमा महत्त्वपूर्ण मानिएको छ । भदौ १३