सुन्दरीजलमा महिला ह,त्या आरोपमा दुई जना प,क्राउ

भदौ २३

काठमान्डौ – गोकर्णेश्वर नगरपालिका ,१, सुन्दरीजलमा महिलाको ह,त्या गरेको आरोपमा प्रहरीले दुईजनालाई प,क्राउ गरेको छ।

उनीहरु सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव फेला परेको थियो । प्रहरीका अनुसार उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् ।

सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन्।‘हाल उनी सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ ।
घटना अनुसंधानमा ह,त्याको कारण प्रेम सम्बन्ध रहेको बुझीएको छ।