surkhet

अबिरल बर्षाले देशभरमा ६६ जनाको ज्यान गयो ७९ जना बेपत्ता

surkhet

काठमान्डौ – अविरल वर्षाले आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारीअनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको ज्यान गएको र  अन्य ७९ जना बेपत्ता भएका छन् ।

हाल सम्म विपदमा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।

Gorkha

उपत्यकामा मात्रै ३४ जनाको ज्यान गएको छ । काठमाण्डौमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको ज्यान गएको । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २,  सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको ज्यान गएको छ ।

Dailekh

यस्तै ललितपुरमा १५, काभ्रेमा २६, काठमाण्डौमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उनले बताए । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए। अनुसार उद्दारको लागि नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ । भदौ १२

salyan