surkhet

बुद्ध धर्मले नेपाल -चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने छ : प्रधानमन्त्री ओली

surkhet

काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल
-चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् ।

शुक्रवार काठमाडौँमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने बताए ।

उनले यस्ता सम्मेलनले नेपाल र चीनबिचका मात्रै नभई अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुबिचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने उल्लेख गरे।

Dailekh
Gorkha

प्रधानमन्त्री ओलीले एसियाका ज्योतिको रूपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको समेत बताए।

बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए। गौतम बुद्धको शिक्षाले जीवनलाई सार्थक र उज्यालो बनाउने बताए । उनले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले गौतम बुद्धका शिक्षाले शान्ति, करुणा, जनतामा समझदारी र मार्ग दर्शन गर्ने पनि बताए । मंसिर २८

salyan