आकाशैमा तारा र जुन बोलको कौडा गीत बजारमा सार्वाजिक
माघ ४

काठमान्डौ – आकाशैमा तारा र जुन बोलको कौडा गीत बजारमा सार्वाजिक भएको छ। लोकप्रिय गायक गायिका धनराज चुनारा र टिका पुनको स्वरमा रहेको उक्त गीतले बजारमा दर्शकको मन जित्दै गरेको देखिन्छ।
गीतलाई विभिन्न सुन्दर दृश्यमा नवराज उप्रेतीले छायांकन गरेका छन् भने एकिन्द्र सारा शंकरले निर्देशन गरेका हुन्। गीतमा अशिम चन्द्र विश्वकर्माको अत्यन्तै मार्मिक र मिठो लय शब्द रहेको छ।
उनको गण्डकी बोलको गीतले अहिले बजार तताईरहेको बेला उक्त कौडा गीतले पनि दर्शकको माया पाउने देखिन्छ। गीतमा शेखर सहरति मगर र कुशुम राईको अभिनय देख्न सकिन्छ।

