यु के बस्ने दाई गीत दर्शकको सर्वाधिक रोजाईमा करोड क्ल्वको सुभकामना
पुष २९

काठमान्डौ – यु के बस्ने दाइ बोलको गीतलाई अहिले दर्शकले अत्यधिक माया गरिरहेका छन।
यो गीतलाई देश देखि बिदेश सम्म दर्शकले माया गरिरहेका छन। यस्तै गीतलाई टिक टकमा सर्वाधिक रुचाइएको छ। गीत महिना नपुग्दै २३ लाख पटक बढी हेरिएको छ ।
जस्ले छिटै करोड क्ल्व पुग्ने आशा राखीएको छ। गीतमा लोकप्रिय गायिका शान्ति श्रीष मगर र सागर आलेको स्वर रहेको छ।
गीतमा सुरेश राना मगरको लय शब्द छ। कर्णाली रुकुमको तकेशेरामा पुगेर छायांकन गरिएको यो गीतमा मनोरम दृश्य देख्न सकिन्छ भने त्यहीँको भेष भुसालाई झल्काईएको छ।
गितमा मोडल बिजय पुन, चाहना राना मगर, अस्विन मगरको अभिनय रहेको छ भने गायिक शान्तिले पनि अभिनय गरेकी छिन।
यु के बस्ने दाई बोलको गीतकि गायिका शान्ति श्रीष मगर भने यो बेला बिदेशका विभिन्न भागमा कार्यक्रममा ब्यस्त छिन , यो बेला उनी नर्वे , बेल्जियन , स्पेन , बेलायत , फ्लास लगायतका देशमा कार्यक्रममा ब्यस्त देखिन्छिन।

