म्यानमारमा शक्तिशाली भूकम्पबाट ७०४ जनाको मृ , त्यु दश हजारबढिको मृत्युु भएको आशङका

चैत १६

काठमान्डौ –  म्यानमारमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरूको संख्या ७०४ पुगेको छ ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) ले भूकम्पमा परी हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ । भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।

म्यानमारको सैनिक सरकारले कम्तीमा ६९४ जनाको मृत्यु भएको र १ हजार ६७० जना घाइते भएका पुष्टि गरेको छ । उता थाइल्याण्डमा १० जनाको छ।

शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। यो म्यानमार र थाइल्याण्डमा पछिल्लो २०० वर्षयताकै ठूलो भूकम्प मानिएको छ। भीषण विनाशका कारण म्यानमारका ६ राज्यहरू र थाइल्याण्डभरि आपतकाल घोषणा गरिएको छ।

रेडक्रसले बिजुली आपूर्ति अवरुद्ध भएकाले माण्डले, सागाइङ र दक्षिणी शान राज्यसम्म पुग्न प्रयासरत स्वयंसेवी टोलीलाई समस्या भइरहेको जनाएको छ।

भूकम्प प्रभावित म्यानमार र थाइल्याण्डमा राहत तथा सहयोगका लागि रेडक्रसले डेढ लाख डलर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

यो रकम भोजन, पानी, कम्बल, तिरपाल र हाइजिन किटजस्ता अत्यावश्यक सामग्रीमा खर्च गरिनेछ।