ई सेवाबाट एक करोड बढी रकम चोरी गर्ने व्याक्ति पक्राउ
बैशाख ३

काठमान्डौ – इसेवाबाट रू १ करोड बढी रकम चोरी गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ का २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेको हो।

राहुलले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाई खाता ‘सस्पेन्ड’ हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिंक खोल्न लगाई इसेवामा अनाधिकृत पहुँच पुर्याई ४ हजारभन्दा बढी व्यक्तिहरूको रकम चोरी गरेका थिए।

पक्राउ परेका उनिमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
