बालिका बलात्कार गरि हत्या गर्ने ब्याक्तीलाई जिवित रहे सम्म जन्मकैद
असार ६

गुल्मी – एक बालिकालाई बल*त्कार गरी ह*त्या गरेर शव खोलामा फाल्ने रहिस खानलाई गुल्मी अदालतले जिवित रहेसम्म जन्मकैदको सजाय सुनाएको छ।
खानलाई बला*त्कार आरोपमा १४ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तथा कर्तव्य ज्यान मुद्दामा जिवित रहेसम्म जन्मकैद र ३ लाख जरिवाना तोकिएको छ। खान मदरसामा पढाउने काम गर्ने गर्दथे।

