Gold
Bangad salyan

कैलालीमा सुनको गहना चोर्न देवरले १९ दिनको सुत्केरी भाउजुको हत्या

असार ८

Salyan

कैलाली – कैलालीमा १९ वर्षीया सुत्केरीको सुनका गहनाका लागि देवरले भाउजूको ह’त्या गरेको खुलासा भएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा शुक्रबार बिहान मृ’त अवस्थामा भेटिएकी १९ वर्षीया सुत्केरी तुलसी नाथको ह’त्या भएको खुलेको हो।

प्रहरी अनुसन्धानमा उनी आफ्नै देवर नवीन नाथको हातबाट मा’रिएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार नवीनलाई ह’त्या आरोपमा पक्राउ गरिएको छ ।

डीएसपी चन्दका अनुसार प्रारम्भिक अनुसन्धानमा नवीन नाथले सुनका गहनाका लागि भाउजु तुलसी नाथको ह’त्या गरेको बयान दिएका छन्। बयानअनुसार उनले भाउजु सुतेको बेला सिरानीले मुख च्या’पेर ह’त्या गरेका थिए।