एमाले नेता महेश बस्नेलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरीको मुद्दा अगाडि बढाउन अदालतको आदेश
असार १३

काठमान्डौ – एमालेका नेता महेश बस्नेतमाथि परेको भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दालाई अगाडि बढाउन उच्च अदालत पाटनले दर्ता गर्न आदेश दिएको छ।
काठमाण्डौँ जिल्ला सरकारी वकिलको कार्यालयले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।
पीडित महिलाले उक्त मुद्दा नचलाउने निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेकी थिइन्, ।
जसलाई उच्च अदालतका रजिस्ट्रारले दरपिठ गरेका थिए। तर उच्च अदालत पाटन ईजलासले सुनुवाई गर्दै महेश बस्नेतविरुद्ध मुद्दा नचलाउने रजिष्ट्रारको निर्णयविरुद्धको दरपिठ रिटलाई दर्ता गर्न आदेश दिएको छ।

