गल्ती गर्नेले आत्मालोचना गर्नु पर्छ : प्रचण्ड
साउन १८

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।
स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रनुको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिए आफू पनि आत्मालोचना गर्ने बताएका थिए ।
प्रचण्डले जवाफमा जस्ले गल्ती गरेको छ आत्मलोचना उसैले गर्ने हो उनले भने ।

