Gold
Bangad salyan

भ्रष्टाचारको जनगुनासो बढेपछि यातायात कार्यलयमा वाईसीएलको छापा

पुष १३

Salyan

काठमान्डौ – व्यापक भ्रष्टाचारको जनगुनासो आएपछि वाईसिएल नेपालले आज काठमाडौंको बालाजु सानोभर्याङस्थित यातायात कार्यालयमा छापा मार्दै भ्रष्टाचारको भण्डाफोर गरेको छ।

बागमती प्रदेशको छानबिन तथा लेखा समितिले सो कार्यालयमा गम्भीर भ्रष्टाचार भएको निष्कर्षसहित तत्काल छानबिन गर्नुपर्ने भन्दै औपचारिक पत्र काटिसकेको अवस्थामा समेत, बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री जयाराम थापाले कुनै पनि कार्य अगाडि नबढाउन स्पष्ट निर्देशन दिँदै पत्राचार गरेका थिए।

तर, सानोभर्याङ यातायात कार्यालयका प्रमुख तिर्थराज भट्टराईले प्रदेश सरकार, मन्त्री तथा संसदीय समितिको निर्देशनलाई खुलेआम अवज्ञा गर्दै सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन गरी ठेक्का आह्वान गरेको, र त्यस प्रक्रियामा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार गरेको तथ्य सार्वजनिक मिडियामार्फत समेत बारम्बार उजागर हुँदै आएको थियो।

यही गम्भीर अवस्था र जनआक्रोशको पृष्ठभूमिमा, वाईसिएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटीको नेतृत्वमा वाईसिएलको केन्द्रीय टोली आज सानोभर्याङ यातायात कार्यालयमा पुगेर स्थलगत छानबिन गर्दै भ्रष्टाचारको प्रत्यक्ष भण्डाफोर गरेको हो।

वाईसिएलले सार्वजनिक निकायमा बसेर कानुन, निर्देशन र जनताको आवाजको धज्जी उडाउने जिम्मेवार पदाधिकारीमाथि तत्काल निलम्बन, निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेको छ।
साथै, भ्रष्टाचारविरुद्धको संघर्ष अझ कडा रूपमा अघि बढाउने चेतावनी समेत दिएको छ। फाईल तस्वीर

वाईसिएल नेपालले आज व्यापक भ्रष्टाचारको जनगुनासो आएपछि वाईसिएल नेपालले आज काठमाडौंको बालाजु सानोभर्याङस्थित यातायात व्यवस्था कार्यालयमा पुगेर भ्रष्टाचारविरुद्ध प्रत्यक्ष भण्डाफोर गरेको छ।

बागमती प्रदेशको छानबिन तथा लेखा समितिले सो कार्यालयमा गम्भीर भ्रष्टाचार भएको ठहर गर्दै औपचारिक रूपमा छानबिन गर्नुपर्ने अहिले ड्राइभिङ ट्रयायल सेन्टरको टेन्डर आह्वान  नगर्नु भनेर पत्र काटिसकेको र बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री जयाराम थापाले समेत कुनै पनि कार्य नगर्न स्पष्ट निर्देशनसहित पत्राचार गरिसकेको अवस्थामा पनि, सानोभर्याङ यातायात कार्यालयका प्रमुख तिर्थराज भट्टराईले ती सबै निर्देशनको धज्जी उडाउँदै सार्वजनिक खरिद ऐनको खुलेआम उल्लंघन गरी ठेक्का आह्वान गरेको तथ्य सार्वजनिक मिडियामा समेत व्यापक रूपमा उजागर हुँदै आएको थियो।
यही गम्भीर अवस्था र जनआक्रोशका बीच, वाईसिएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटीको नेतृत्वमा वाईसिएलको टोली आज उक्त कार्यालयमा पुगेर स्थलगत छानबिन गर्दै भ्रष्टाचारको भण्डाफोर गरेको हो।

वाईसिएल नेपालको टिम बिहान ९:३० मा कार्यालय परिसर मा पुगेर कार्यालय प्रमुख तिर्थराज भट्टराई लाई भेट्न पर्खाई मा थियो तर पहिलेनै वाईसिएल आउदैछ  भन्ने सूचना पाउनु बित्तिकै सम्पर्क बिहान भय।

तर, १२ बजेसम्म पनि कार्यालय प्रमुख तिर्थराज भट्टराई कार्यालयमा उपस्थित नभई फोन अफ गरेर जिम्मेवारीबाट पन्छिएको देखिएपछि स्थिति झनै गम्भीर बनेको थियो। त्यसपछि वाईसिएल केन्द्रीय सचिव धिरज उपरकोटीले त्यही कार्यालयबाटै बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री जयाराम थापासँग फोन सम्पर्क गर्दै,
“तपाईं मातहतको कार्यालयमा व्यापक भ्रष्टाचार भएको छ, तपाईंले काटेको पत्रसमेत कार्यालय प्रमुखले धज्जी उडाएका छन्” भनी कडा प्रश्न गरेका थिए।
जवाफमा मन्त्री थापाले “त्यो विषयमा अहिले कुरा नगर्नु, मेरो सम्पर्कमा छैन, आज सबै प्रक्रिया स्थगित गरिएको छ” भन्दै प्रतिक्रिया दिएका छन्।

यसपछि उपरकोटीले मन्त्रालयका सचिव रामबाबु पुरी सँग पनि प्रत्यक्ष सम्पर्क गरी,
“छानबिन तथा लेखा समितिको पत्र र मन्त्रीको निर्देशनलाई बेवास्ता गर्दै तपाईं मातहतका कर्मचारीले किन यस्तो गैरकानुनी कार्य गरे?” भनी प्रश्न गर्दा,

सचिव परियारले “अहिले सबै प्रक्रिया रोकेका छौं, थप छानबिन भइरहेको छ” भन्ने जवाफ दिएका छन्।
वाईसिएल नेपालले सार्वजनिक निकायमा बसेर कानुन, निर्देशन र जनताको आवाजमाथि धावा बोल्ने जिम्मेवार पदाधिकारीलाई तत्काल निलम्बन गर्न, निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न जोडदार माग गरेको छ।
साथै, भ्रष्टाचारविरुद्ध सडकदेखि सदनसम्म संघर्ष चर्काउने चेतावनी समेत दिएको छ।