Gold
Bangad salyan

आपचौर निवासी पश्चिम क्षेत्रका पुराना कम्युनिस्ट नेता लोक बहादुरको अकस्मात निधन

पुष १२

Salyan

सल्यान – बनगाड कुपिन्डे नगरपालिका ११ आपचौर दारावन निवासी लोक बहादुर बुढा प्रभातको दु:खद निधन भएको छ।

उनी सल्यान जिल्लाको पश्चिम क्षेत्रका पुराना कम्युनिस्ट नेता हुन मृतक बुढाको निधनले सिङ्गो पार्टीनै स्तब्ध भएको छ।

यस्तै लोक बहादुर बुढा नेपाली कम्युनिस्ट पार्टि कर्णाली प्रदेशस सल्लाहकार समिति सदस्य हुन भने हाल ११ को महेन्द्र मावी आँपचौरका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पनि हुन।

माझकाडा गाविसमा पहिलो महेन्द्र मावी संचालन गर्न उनको ठुलो भूमिका छ।

तत्कालीन नेकपा माओवादी पार्टीमा उनको ठूलो योगदान छ। गाउँ हुँदै जिल्लामा पार्टी संगठन विस्तार गरेर माओवादी पार्टीलाई ठूलो योगदान गरेका बुढाको हिजो अकस्मात निधन भएको हो।

घरमै एक्कासी बिरामी भएका उनलाई अस्पताल लैजादै गर्दा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।