कम्युनिस्ट पार्टीबाट बाँके क्षेत्र न ३ मा दिपक जिएमको चर्चा बढ्यो
पुष १५

बाँके- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले क्षेत्र न ३ बाट दिपक जिएमलाई अगाडि सारेको छ।
बाँके जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका उनि लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका छन।
दिपक जिएम पछिल्लो समय समाजसेवामा पनि सकृय हुँदै आएका छन। चुनावमा आफ्नो नाम सिफारिस भएपछि जिएमले कम्युनिस्ट पार्टीलाई धन्यवाद पनि दिएका छन।
क्षेत्र नं ३ मा दिपक जि एम , इन्द्र प्रसाद खरेल आई पि, मो शेर बागवान, दीपक कुमार गौरी मगर, समिन ईद्रिसी, कुबेर रिजाल, टेकेन्द्र मल्ल, मिरा कार्की, उत्तम कुमार गुप्ता, परमानन्द बर्मा सिफारिस भएका छन् ।

