Gold
Bangad salyan

गुर्भाकोटमा सुत्केरी महिलालाई मेयर पुनको सहयोग

पुष १६

Salyan

सुर्खेत – गुर्भाकोट नगरपालिका भित्र रहेका दुखी गरिब स्थानीयलाई नगरप्रमुख हस्त पुनले सहयोग गर्दै आईरहेका छन।

उनले हिजो मात्र गुर्भाकोट ८ सिम्ताली टोलमा कोठा भाडा लिएर बस्ने सुत्केरी महिलालाई घरमा पुगेर खाद्यान्न सहयोग गरेका हुन।

लेखवेसी नगरपालिका वडा नम्बर ३ पिटडाँडा स्थायी घर भएकि उनी अहिले गुर्भाकोटमा बस्दै आईरहेकी छिन। सुत्केरी महिलालाई मेयर पुनले खाद्यान्न , अन्डा, तेल , तरकारी लगायतका खाद्यान्न सामान हस्तान्तरण गरेका हुन।

मेयर पुनले नगरपालिका भित्र बसोबास गर्ने गरिब दिन दुखी कोहिपनि भोकै बस्न नपरोस भन्ने जानकारी दिए।

गुर्भाकोट नगरपालिका भित्र जननुखी काम विकास गरेका मेयर हस्त पुनको यो दोस्रो कार्यकाल हो। उनी जन्तामाझ लोकप्रिय मेयरमा गनिदै आएका छन ।