Gold
Bangad salyan

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्द डोल्पामा सञ्चार सेवा बन्द

Salyan

काठमान्डौ – हिजो मंगलबार राति देखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।

 

बागलुङ र पूर्वी रूकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटो अवरूद्ध भएको हो। लोकमार्ग अवरूद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् हुन्।

 

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए।निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ।

 

काठमाडौँबाट रूकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका,६ भल्कोट सिपमा रोकिएका प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए।

यो पनि


बर्षा ,र हिमपातले हिमाली जिल्ला डोल्पामा सञ्चार सेवा अवरुद्द भएको छ। मंगलबार रातिदेखि निरन्तर वर्षा र हिमपात भएका कारण जिल्लाको मुड्केचुला गाउँपालिकामा रहेका दुईवटा टावर, जगदुल्ला गाउँपालिकाको डाँडामा रहेको टावर तथा त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटको न्युने डाँडाका टावरमा पावर आपूर्ति बन्द भएको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ ।माघ १४