पाकिस्तान द्वारा नेपाल १-० मा पराजित ,,

भदौ , १९ ढाका – बंगलादेशको ढाकामा सुरु भएको साफ सुजुकी कपको उद्घाटन खेलमा नेपाल १,० ले पराजित भयको छ । पाकिस्तानविरुद्धको खेलमा बल पोजेसन राम्रो बनाए पनि आफ्नै गल्तीमा नेपालले गोल खाएको थियो । ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । नेपालले पहिलो हाफमा गोल गर्ने केही अवसर पाए पनि त्यो असफल भयो । १३ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टको धेरै परबाट बाहिरियो । क्रमस २५ औं मिनेटमा विराजको क्रस सोझै किपरको हातमा पुग्यो । त्यसैगरी ३० औं मिनेटमा नवयुगको फिलतो प्रहार क्रसबारको निक्कै माथिबाट बाहिरियो ।