,प्रवल जन सेवा श्री’ बाट सम्मानित जितु नेपाल ,,

भदौ २० , काठमान्डौ – नेपाली हाँस्य कलाकार तथा निर्माता जितु नेपाल ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति कार्यलय शितल निवासमा मंगलबार आयोजना भएको भव्य कार्यक्रममा नेपाली कला क्षेत्रको विकास र पवर्द्धनमा योगदान पुर्‍याएको भन्दै कलाकार नेपाललाई नेपाल सरकारले सम्मानित गरेको हो । उनलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित गरेकी थिइन । नेपाल “प्रवल जनसेवा श्री” पदक ग्रहण गर्न पाउँदा अत्यन्तै खुसि भयको  जितु बताउछन ।जितुले भने  यस मान पदकको गरीमालाई कदापी घट्न दिने छैन।

,यसपदकलाई सबै चलचित्र कर्मी,सम्पुर्ण हास्य कलाकार,अादरणिय दर्शकहरु, सम्पुर्ण मिडीयाकर्मी,सुभचिन्तक र मेरो परीवार प्रती समर्पीत गर्न चाहन्छु। , साथै मलाई सिफारीस गर्नुहुने सम्पुर्ण अादरणिय सरहरु प्रती अाभारी छु। भन्दै जितुले आफ्नो फेसबुकमा लेखेका छन्। धेरै लामो समयदेखि कलाकारिता क्षेत्रम संघर्ष गर्दै आयको र तेसैको फल प्राप्त भयको पनि नेपालले बतायका छन्।